महत्त्वपूर्ण सूचना

NepalFlag

वि.सं:

नेपाल संवत: ११४५ तछलागा द्वितीया - १७

हाम्रो मिशन

लक्ष्य र दृष्टि

स्वदेश भित्र र विदेशमा समेत हुलाक वस्तुको आदान प्रदान गराउने एवं हुलाक सेवाको सञ्‍चालन र व्यवस्थापन गर्ने केन्द्रीय निकायको रुपमा मुख्य र जिम्मेवार निकायको रुपमा हुलाक सेवा विभाग रहेको छ । उक्त विभाग अन्तर्गत रहेको गोश्वारा हुलाक कार्यालय डाँक विनियमय गर्ने केन्द्रिय निकाय हो र सो मातहत रहेको यस जिल्ला हुलाक कार्यालय, चितवनले हुलाक वस्तुको दर्ता एवं आदान प्रदान गर्नुको साथै नेपालको महेन्द्र राजमार्ग अन्तर्गत पूर्व तर्फ झापाको विर्तामोडसम्म र पश्चिम तर्फ कञ्चनपुरको महेन्द्रनगरसम्मका जिल्लाहरुको डाँक परिवहन सेवा संचालन गर्दै आइरहेको छ । यस कार्यालयको दीर्घकालीन सोच, गन्तव्य र मूल उद्देश्य यस प्रकार रहेको छ । १. दीर्घकालीन सोच स्वायत्त, प्रतिस्पर्धी र व्यावसायिक हुलाक सेवा । २. गन्व्य उपयुक्त संस्थागत, संरचनागत र कानूनी व्यवस्थाका माध्यमबाट जनचाहना अनुरुपको हुलाक सेवा सुनिश्‍चित गर्ने । ३. मूल उद्देश्‍य समतामूलक ढंगबाट आधारभूत र व्यावसायिक हुलाक सेवाको सञ्‍चालन र व्यवस्थापन गर्ने ।