परिचय

चिठीपत्र मार्फत सूचना आदान प्रदान गर्ने प्रयोजनलाइ व्यवस्थित तथा विश्वव्यापी नेतृत्व प्रदान गर्न सन् १८७४ मा विश्वको दोस्रो पुरानो संगठनको रुपमा विश्व हुलाक संघको स्थापना भएको पाइन्छ । हाल यस अन्तर्गत जम्मा १९२ सदस्य देश रहेकोमा ती मध्ये नेपालले विश्व हुलाक संघबाट सन् १९56 मा सदस्यता प्राप्तगरी विश्वव्यापी रुपमा चिठीपत्र मार्फत सूचना आदान प्रदान गर्ने मञ्चमा प्रवेश गरेको देखिन्छ ।यद्यपि नेपालमा चिठीपत्र मार्फत खबर, सूचना र समाचार आदान-प्रदान गर्ने उद्देश्यले तत्कालीन राणा प्रधानमन्त्री रणोदिप सिंहको पालामा विक्रम सम्बत् १९३५ मा नेपाल हुलाक घरको स्थापना भई हुलाक सेवाको प्रारम्भ भएको पाइन्छ । नेपालमा हुलाक सेवालाई थप व्यवस्थित, प्रभावकारी र जनमूखी बनाउन हुलाक ऐन, 2019, हुलाक नियमावली, 2020 तथा हुलाक सेवा कार्यविधि निर्देशिका लगायतका कानूनी व्यवस्था गरिएको छ ।हाल अन्तराष्ट्रिय डाँक गन्तब्यको रुपमा विश्वका विभिन्न ३8 देशहरुमा सेवा विस्तार भएको अवस्था छ ।

संचार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गत हुलाक सेवा विभाग एवं गोश्वारा हुलाक कार्यालय, डिल्लिबजार, काठमाडौंको मातहतमा हुलाक सेवालाई संचालन तथा व्यवस्थापन गर्न नेपाल सरकार (मन्त्रिपरिषद) को मिति 2081/06/21 को निर्णय अनुसार यस जिल्ला हुलाक कार्यालय, चितवन र अन्तर्गत इलाका हुलाक कार्यालयहरुलाई एक स्थानीय तह एक हुलाक रहने गरी संगठन संरचना र दरवन्दी तेरिज स्वीकृत भई पुर्नसंरचना अनुसार जिल्ला हुलाक कार्यालय, स्थानीय तह अनुसार हुलाक कार्यालय-6, हुलाक काउण्टर-3 र अतिरिक्त हुलाक कार्यालय-13 गरि जम्मा 23 वटा ईकाइ कार्यालयहरुबाट हुलाक सेवा सम्बन्धी कार्य यस जिल्ला हुलाक कार्यालयले सूचना तथा संचार सम्बन्धी कार्य वि.स. 2032 साल देखि गर्दै आइरहेको छ ।

यस जिल्ला हुलाक कार्यालय चितवनको सेवा प्रवाह गर्ने कार्यक्षेत्र जिल्ला भित्रका सातवटा स्थानीय तहको अलवा चितवन जिल्ला हुलाकमा प्राप्त हुने डाँक ढुवानीको सन्दर्भमा पूर्वमा मोरङको विराटनगर र झापाको विर्तामोड र पश्चिममा कञ्चनपुरको महेन्द्रनगर सम्म डाँक ढुवानी गर्ने गरेको छ ।

जिल्ला हुलाक कार्यालय, चितवनको काम, कर्तव्य र अधिकार निम्न अनुसार रहेको छ: