हुलाक टिकट: हुलाक वस्तुमा लाग्ने हुलाक महशुल वा अरु कुनै दस्तुर वा रकम अंकित गर्न नेपाल सरकारले प्रकाशन गरेको टिकट सम्झनुपर्छ र सो शब्दले कुनै खाम सोभेनियर सीट, हुलाकपत्र वा अरु कुनै वस्तुमा छापेर, इम्बस वा इम्प्रेस गरेर वा फ्रेंकिङ मेसिनद्धारा अंकित गरेर लगाइएको टिकट अंकित निस्सा वा छाप सेमतलाई जनाउनेछ । कुनै पनि पत्र वा ठेगानाको छेउमा टिकट टाँसेका हुन्छ। हुलाक प्रणालीले उक्त वस्तुलाई प्रशोधन गर्छ, जहाँ हुलाक प्रणालीको पुनः प्रयोग हुन नदिन हुलाक टिकटमा र यसको देब्रे र दायाँ दुवैतिर हुलाकको मिति र सुरुवात सङ्केत गर्ने आधुनिक प्रयोगमा पोस्टमार्क वा रद्द गरिएको चिह्न प्रयोग गरिन्छ। त्यसपछि त्यो वस्तु त्यसको ठेगानामा पुर्याइन्छ। नेपालमा यसको प्रचलन वि.सं १९३८ देखि हुँदै आएको छ।
हुलाक टिकटले नेपालको विभिन्न भागमा प्रचलित विभिन्न चाडपर्व, संस्कृति, प्राचिन तथा अर्वाचिन कला, धर्म, साहित्य, कलात्मक भवन स्मारक तथा धार्मिक स्थलहरु, भौगोलिक एवं पुरातात्विक महत्वका वस्तुहरु राष्ट्रिय तथा अन्तरार्ष्ट्रिय स्तरका ख्याती प्राप्त विशिष्ट विद्धान राष्ट्रिय विभूति एवं प्रतिभाहरु महत्वपूर्ण ऐतिहासिक घटना तथा व्यक्तिहरु, नेपालसँग सम्बन्धित अन्तरार्ष्ट्रिय संघ संस्था सम्मेलन समारोह आदी जस्ता अंकित प्रकाशन गरी राष्ट्रिय तथा अन्तरार्ष्ट्रिय स्तरमा चिनारी गरेको छ । हुलाक टिकट हुलाक सेवा विभागद्धारा प्रकाशन गर्दछ र जिल्ला हुलाक कार्यालयहरुले आवश्यकतानुसार माग गरी बिक्रीबितरण गर्दै आइरहेको छ । यस जिल्ला हुलाक कार्यालयमा निम्न मितिसम्म देहाय दरका हुलाक टिकटहरु कार्यालयमा मौज्दात रहेको छ :
(मिति : २०८2/0१/11 गतेसम्म)
|
दर |
टिकट थान (मौज्जात) |
कैफियत |
|
1 |
16००० |
|
|
2 |
3६00 |
|
|
१० |
१३९६१४ |
|
|
1१ |
३६०० |
|
|
20 |
1२२४० |
|
|
40 |
33०0 |
|
|
50 |
1८०0 |
|