जिल्ला हुलाक कार्यालय, चितवनले देहाय बमोजिम कार्य सम्पादन गर्नेछ : |
- हुलाक वस्तु दर्ता गर्ने
- हुलाक वस्तु वितरण गर्ने
- टिकट प्राप्ती, भण्डारण र बिक्री गर्ने
- डाँक सञ्चालन गर्ने तथा कर्मचारीहरुलाई आलोपालोको व्यवस्था मिलाई जुनसुकै समयमा समेत डाँक बुझने/बुझाउने व्यवस्था गर्ने
- पालिका हुलाक कार्यालयहरुसँग समन्वय र अनुगमन गर्ने
- जिल्ला तथा मातहतका कार्यालयहरुको आर्थिक तथा प्रशासनिक काम गर्ने
- समयानुकुल डाँक रेखा निर्माण तथा अद्यावधिक गर्ने
- अन्तरजिल्ला डाँक सञ्चालन सम्बन्धि समन्वय र प्रबन्ध गर्ने
- हुलाक सेवा विभागमा नियमित प्रतिवेदन गर्ने
- विभागबाट सहमती लिई कर्मचारी व्यवस्थापन गर्ने
- पालिका हुलाक कार्यालयहरु व्यवस्थापन गर्ने
- समय समयमा हुलाक सेवा विभागले लगाएको विभिन्न कार्य गर्ने
- हुलाक सेवा सञ्चालन सम्बन्धमा विभागमा सुझाव पेश गर्ने
- विभागको स्वीकृती लिइ महानगर र उपमहानगर पालिका क्षेत्रमा कामको आवश्यकता अनुसार हुलाक वस्तु दर्ता काउन्टर सञ्चालन गर्ने।
- हुलाकबाट प्रदान गरिएका सेवाहरुको प्रचार प्रसार तथा प्रवर्धन गर्ने
- विनियोजित वजेट र प्राप्त अख्तियारी वमोजिम ऐन नियमको दायरा भित्र रही खर्च लेख्ने ।
- प्रशासन शाखा, डाँक अनुगमन तथा व्यवस्थापन शाखामा तोकिएका शाखा प्रमुखरुलाई कार्य विवरण दिने,
- पालिका हुलाक कार्यालयहरुको अनुगमन निरिक्षण गरी प्रतिवेदन गर्ने ।
- अनुगमनका क्रममा जिल्ला हुलाक कार्यालय र पालिका हुलाक कार्यालयमा देखिएका कमि कमजोरीलाई सुधार गर्न लगाउने सुधारको लागि विभागमा लेखि पठाउने ।
- पालिका हुलाकको कार्यालय प्रमुखहरुको हाजिरी, विदा, दण्ड पुरस्कारको विवरण माग गरी गर्न लगाइ अभिलेख राख्न लगाउने।
- हुलाक वस्तु ढुवानीको लागि जिल्ला मातहत रहेका हुलाक कार्यालयसम्म डाँक परिवहन व्यवस्था मिलाउने ।
- सर्टिङ्ग सूची राम्रोसंग कार्यान्वयन गर्ने, डाँक परिवहन ठिक समयमा भएको छ छैन हुलाक वस्तुको ठिक समयमा संकलन भएको छ छैन आदि कुराहरुको सम्बन्धित कर्मचारीलाई जिम्मेवार वनाउने ।
- हुलाक वस्तुको संकलन, ढुवानी, दर्ता, वितरण, आयात र निर्यात गर्ने कार्यलाई छिटो छरितो र प्रभावकारी रुपमा गर्न लगाई नियमानुसार तोकिएको समय भित्र कार्य सम्पन्न गर्न लगाउने ।
- आन्तरिक इ.एम.एस सेवालाई प्रभावकारी रुपमा सन्चालन गर्ने ।
- PITS को नियमित अनुगमन/सुपरिवेक्षण गरी प्रभावकारी रुपमा सन्चालनमा ल्याउने ।
- हुलाक टिकट विक्रि व्यवस्था मिलाउने र विक्रि पश्चातको राजश्व दाखिला गर्न लगाउने ।
- वैदेशिक हुलाक वस्तु (इ.एम.एस./पार्सल) मा लागेको भन्सार महसुल, मुल्य अभिवृद्धी कर, अन्तशुल्क,लगायतका करहरु संकलन गरी राजश्व खातामा दाखिला गर्ने ।
- कर्मचारीको हाजिरी, विदा, पदपूर्ति तथा रिक्त पदहरुको विवरण अद्यावधिक गर्ने, रा.प.अनं पदहरुको पदपूर्तिको लागि लोकसेवा आयोगमा लेखि पठाउने।
- नीतिगत, सैद्दान्तिक एवं असुरउपर गर्ने वेरुजुहरु छलफल गरी फरफारक गर्ने गराउने ।
- लेखाको तोकिएको ढाँचामा समयसिमा भित्र वित्तिय विवरणहरु तयार गर्ने गराउने ।
- पत्रपत्रिका हुलाक दर्ताका लागि आए दर्ता एवं निवकरण गर्ने, लोककल्याणकारी विज्ञापन प्राप्त गर्ने एफ.एम.रेडियो, टेलिभिजन र वर्गिकरणमा परेका पत्रिकाको विवरण संकलन अनुगमन र नियमानुसार भुक्तानीको लागि प्राप्त रकम वितरण गर्ने ।
- पोष्टवक्स वितरण, नविकरण एवं सञ्चालन गर्ने ।
- हुलाक ऐन२०१९, हुलाक नियमावली २०२० मा भएको दण्ड सजायँ सम्बन्धी व्यवस्था अनुसार जरिवाना गर्ने, सचेत गराउनेसम्मका सजायँ गर्ने ।
|
प्रशासन तथा जिन्सी शाखा |
- टिकट प्राप्ती र भण्डारण गर्ने
- डाँक सञ्चालन गर्ने तथा कर्मचारीहरुलाई आलोपालोको व्यवस्था मिलाई जुनसुकै समयमा समेत डाँक बुझने/बुझाउने व्यवस्था गर्ने
- पालिका हुलाक कार्यालयहरुसँग समन्वय र अनुगमन गर्ने
- जिल्ला तथा मातहतका कार्यालयहरुको प्रशासनिक काम गर्ने
- समयानुकुल डाँक रेखा निर्माण तथा अद्यावधिक गर्ने
- अन्तरजिल्ला डाँक सञ्चालन सम्बन्धि समन्वय र प्रबन्ध गर्ने
- हुलाक सेवा विभागमा नियमित प्रतिवेदन गर्ने
- विभागबाट सहमती लिई कर्मचारी व्यवस्थापन गर्ने
- पालिका हुलाक कार्यालयहरु व्यवस्थापन गर्ने
- समय समयमा हुलाक सेवा विभागले लगाएको विभिन्न कार्य गर्ने
- हुलाक सेवा सञ्चालन सम्बन्धमा विभागमा सुझाव पेश गर्ने
- महानगर र उपमहानगर पालिका क्षेत्रमा कामको आवश्यकता अनुसार हुलाक वस्तु दर्ता काउन्टर विभागको सहमती लिई सञ्चालन गर्न सकिने।
- हुलाकबाट प्रदान गरिएका सेवाहरुको प्रचार प्रसार तथा प्रवर्धन गर्ने।
- हुलाकीहरुलाई काममा खटाउने खटाइएको ठाउँमा तोकिए वमोजिम कार्य भए नभएको अनुगमन गर्ने
- हल्काराहरुलाई समयमा हुलाक वस्तु वुझी वितरण गर्न लगाउने ।
- समयमा कार्य सम्पन्न गरे नगरेको अनुगमन निरिक्षण गरी तोकिएको समय भित्र कार्य सम्पन्न भएको नदेखिएमा कार्वाही प्रक्रिया अगाडी वढाउने
- कार्यालयमा आएका उजुरी गुनासा माथि अनुसन्धान गर्ने फछर्यौट गर्ने र निर्णय प्रक्रियामा जानु पर्ने अवस्थामा निर्देशक समक्ष पेश गर्ने ।
- कुल खर्चको ३ प्रतिसत भन्दा वढी वेरुजु हुन नदिने र भएको वेरुजु ८० प्रतिशत फछर्यौट गराउने।
- पदिय दायित्व अनुसारका कर्मचारीहरुको हाजिरी विदाको अभिलेख राख्ने ।
- कार्यालय परिसर सरसफाई गर्न लगाउने
- दर्ता चलानी फाइलिङ्गलाई चुस्त दुरुस्त वनाउने ।
- सरुवा वढुवा नियुक्तिका टिप्पणीउठाउने सदर गराउने ।
- मासिक, त्रैमासिक, वार्षिक विवरण तयार गरी सम्बन्धित निकायमा पठाउने ।
- नियमानुसार रोयल्टी र नविकरण दस्तुर लिने ।
- कार्यालयको लागि आवश्यक पर्ने जिन्सी सामानहरुको विवरण तयार गरी पेश गर्ने।
- स्वीकृत बजेटको परिधिभित्र रही कार्यालयहरु संचालन गर्न आवश्यक पर्ने सामाग्रीहरु समयमानै खरिदको लागि पेश गर्ने।
- खरिद भएका सामानहरु स्वीकृत गुणस्तर बमोजिम प्राप्त भए नभएको जाँच पश्चात आम्दानी बाँध्ने र भुक्तानिको लागि कागजात तयार गर्ने।
- कार्यालयमा प्रयोग हुने खर्च नहुने जिन्सी सामाग्रीको जिन्सी विवरण अद्यावधिक रुपमा राख्ने।
- पालिका हुलाक कार्यालयहरुलाई उपलव्ध गराइएका सामानहरुको अभिलेख व्यवस्थितरुपमा राख्ने।
- भौतिक साधनहरुको स्याहार, सम्भार, मर्मत र संरक्षण गर्ने । कुनै जिन्सी सामानहरु टुटफुट भै मर्मत हुन नसक्ने सामानहरुको आ.प्र. सम्वन्धी ऐन, नियमको प्रक्रिया पुर्याई लिलाम गर्ने, मिन्हा गर्ने धुलाउने आदि कार्यमा सहयोग गर्ने।
- तोकिएबमोजिम अन्य कार्यहरु गर्ने।
|
डाँक तथा टिकट शाखा |
- हुलाक वस्तु दर्ता गर्ने।
- हुलाक वस्तु वितरण गर्ने।
- टिकट बिक्री गर्ने।
- शाखासँग सम्बन्धित कार्यको नियमित प्रतिवेदन गर्ने।
- हुलाकबाट प्रदान गरिएका सेवाहरुको प्रचार प्रसार तथा प्रवर्द्धन गर्ने।
- हुलाक वस्तुको संकलन, ढुवानी र वितरण कार्यलाई प्रभावकारी बनाउने र टिकट विक्रि कार्यलाई सेवाग्राही मैत्री बनाउने ।
- आन्तिरक तथा वैदेशिक द्रुत डाँक सेवा सम्बन्धी काम गर्ने ।
- हुलाक वस्तुको संकलन तथा वितरणको कार्य अनिवार्य रुपमा PITS प्रविष्ट गराई सेवा प्रवाह गर्ने गराउने यसको लागि नियमित रुपमा अनुगमन/सुपरिवेक्षण गरी प्रभावकारी रुपमा सन्चालनमा ल्याउने ।
- आन्तरिक तथा वैदेशिक डाँकहरुको अभिलेख तौल आइटम छुट्टिने गरी राख्ने ।
- तोकिएबमोजिम अन्य कार्यहरु गर्ने।
|
लेखा शाखा |
- चालु तथा पुँजीगत बजेट निकासा लिने,
- निकाशा खर्चको श्रेस्ता अद्यावधिक राख्ने
- कार्यालयको आर्थिक विवरण तयार गरी पेश गर्ने,
- थप रकमको आवश्यक परेमा समयभित्रै निकाशा लिने व्यवस्था मिलाउने,
- कार्यालयलाई आवश्यकता अनुसार आर्थिक प्रशासनसम्बन्धी राय सल्लाह दिने।
- प्रचलित कानून अनुसार विनियोजन,धरौटी, राजश्व आदिको श्रेस्ता राख्ने,राख्न लगाउने र सोको प्रतिवेदन तयार गरी गराई सम्बन्धित निकायमा पठाउने।
- कर्मचारी सञ्चयकोष,नागरिक लगानी कोष, बिमा,सापटी, कर कट्टी र अन्य रकमहरु सम्बन्धित निकायमा दाखिला गर्ने।
- कार्यालयको मासिक आम्दानी खर्चको विवरण तयार गरी सार्वजनिक गर्ने।
- आर्थिक कारोवारहरुको आन्तरिक तथा अन्तीम लेखा परीक्षण गराउने।
- आन्तरिक लेखा परीक्षण तथा अन्तीम लेखापरीक्षणवाट औल्याइएका बेरुजुको लगत खडा/अद्यावधिक गर्ने र फछ्यौटको लागि लेखि पठाउने।
- कर्मचारीहरुको तलवी प्रतिवेदन पास गराउने।
- आर्थिक प्रशासन सम्बन्धी तोकिदिएका अन्य कार्य गर्ने।