वि.सं:
नेपाल संवत: ११४४ कौलाथ्व षष्ठी - ६
हुलाक मञ्जुषा (पोष्ट वक्स) सेवा
हुलाक वस्तुहरुको छिटो छरितो, सुविधायुक्त र भरपर्दो वितरणका लागि हुलाक कार्यालहरुले हुलाक मञ्जुषा (पोष्ट वक्स) सेवा सञ्चालन गर्दै आइरहेका छन् । यो व्यवस्था अन्तर्गत हुलाक कार्यालयको परिसरमा हुलाक मञ्जुषाहरु राखी कुनै नम्बरको मञ्जुषा ग्राहकलाई उपलब्ध गराउने गरिन्छ । उक्त मञ्जुषाहरुमा रजिष्ट्री नभएका महशुल तिरिसकेका हुलाक वस्तुहरु र रजिष्ट्री, पुलिन्दा र ठूलो साइजका हुलाक वस्तुहरु प्राप्त भएको सूचना राखी ग्राहकहरुलाई आफ्नो हुलाक वस्तुहरु सजिलै प्राव्त गर्न सक्ने व्यवस्था मिलाइएको हुन्छ । हुलाक नियमावली, 2020 को नियम 63 ले हुलाक कार्यालयहरुले सुविधायुक्त वितरणका लागि हुलाक मञ्जुषा (पोष्ट बक्स) सेवा सञ्चालन गर्न सक्ने व्यवस्थालाई सुनिश्चित गरेको छ ।
यस जिल्ला हुलाक कार्यालय तथा यस हुलाक कार्यालय मातहतको इलाका हुलाक कार्यालय रत्ननगरबाट प्रदान हुने पोष्ट बक्स सेवा प्राप्त गर्न इच्छुक व्यक्ति, संस्था, सरकारी कार्यालयहरु र विदेशी नागरिकले तपशिल बमोजिमको शर्त तथा प्रक्रिया पुरा गरी नयाँ पोष्ट बक्स दर्ता गर्न सकिने ब्यहोरा जानकारी गराइन्छ ।
तपशिल:
साइज |
शुल्क रु. |
धरौटी रकम रु. |
सानो साइज |
760 |
1500 |
पोष्ट बक्स दर्ता सम्बन्धी प्रक्रिया/आवश्यक कागजातहरु :
व्यक्तिको हकमा |
संस्थाको हकमा |
सरकारी कार्यालयको हकमा |
लाग्ने शुल्क |
नागरिकता प्रमाणपत्रको प्रतिलिपी |
संस्थाको पत्र, संस्थाको PAN नं. प्रतिलिपी, संस्था दर्ता प्रमाणपत्रको प्रतिलिपी |
कार्यालयको पत्र |
नेपाल सरकारले तोके बमोजिम वार्षिक शुल्क र धरौटी रकम |
पोष्ट बक्स नविकरण सम्बन्धि प्रक्रिया/आवश्यक कागजातहरु :
यस जिल्ला हुलाक कार्यालय तथा यस हुलाक कार्यालय मातहतको इलाका हुलाक कार्यालय रत्ननगरबाट प्रदान हुने पोष्ट बक्स सेवा प्राप्त व्यक्ति, संस्था, सरकारी कार्यालयहरु र विदेशी नागरिकले तपशिल बमोजिमको शर्त तथा प्रक्रिया पुरा गरी पोष्ट बक्स नविकरण गर्न सकिन्छ ।
तपशिल :
पोष्ट बक्स नविकरण शुल्क ने.रु.मा |
|||||
आकार |
साउनको लागि |
विलम्व जरिवाना सहित शुल्क |
|||
भदौ र असोज |
कार्तिक, मंसिर र पुष |
माघ, फागुन र चैत्र |
बैशाख, जेठ र असार |
||
सानो आकारको |
750 |
937.50 |
1125 |
1312.50 |
1500 |
पोष्ट बक्स बन्द गर्ने प्रक्रिया तथा आवश्यक कागजातहरु :
व्यक्तिको लागि |
संस्थाको लागि |
सरकारी कार्यालयको लागि |
पोष्ट बक्स बन्दको निवेदन नागरिकताको प्रतिलिपी पोष्ट बक्सको साँचो नविकरण कार्ड |
संस्थाको पत्र संस्थाको PAN संस्था दर्ता प्रमाणपत्र नविकरण कार्ड पोष्ट बक्सको साँचो |
कार्यालयको पत्र नविकरण कार्ड पोष्ट बक्सको साँचो |