डाँक सञ्चालन गर्ने तथा कर्मचारीहरुलाई आलोपालोको व्यवस्था मिलाई जुनसुकै समयमा समेत डाँक बुझने/बुझाउने व्यवस्था गर्ने
पालिका हुलाक कार्यालयहरुसँग समन्वय र अनुगमन गर्ने
जिल्ला तथा मातहतका कार्यालयहरुको आर्थिक तथा प्रशासनिक काम गर्ने
समयानुकुल डाँक रेखा निर्माण तथा अद्यावधिक गर्ने
अन्तरजिल्ला डाँक सञ्चालन सम्बन्धि समन्वय र प्रबन्ध गर्ने
हुलाक सेवा विभागमा नियमित प्रतिवेदन गर्ने
विभागबाट सहमती लिई कर्मचारी व्यवस्थापन गर्ने
पालिका हुलाक कार्यालयहरु व्यवस्थापन गर्ने
समय समयमा हुलाक सेवा विभागले लगाएको विभिन्न कार्य गर्ने
हुलाक सेवा सञ्चालन सम्बन्धमा विभागमा सुझाव पेश गर्ने
विभागको स्वीकृती लिइ महानगर र उपमहानगर पालिका क्षेत्रमा कामको आवश्यकता अनुसार हुलाक वस्तु दर्ता काउन्टर सञ्चालन गर्ने।
हुलाकबाट प्रदान गरिएका सेवाहरुको प्रचार प्रसार तथा प्रवर्धन गर्ने
विनियोजित वजेट र प्राप्त अख्तियारी वमोजिम ऐन नियमको दायरा भित्र रही खर्च लेख्ने ।
प्रशासन शाखा, डाँक अनुगमन तथा व्यवस्थापन शाखामा तोकिएका शाखा प्रमुखरुलाई कार्य विवरण दिने,
पालिका हुलाक कार्यालयहरुको अनुगमन निरिक्षण गरी प्रतिवेदन गर्ने ।
अनुगमनका क्रममा जिल्ला हुलाक कार्यालय र पालिका हुलाक कार्यालयमा देखिएका कमि कमजोरीलाई सुधार गर्न लगाउने सुधारको लागि विभागमा लेखि पठाउने ।
पालिका हुलाकको कार्यालय प्रमुखहरुको हाजिरी, विदा, दण्ड पुरस्कारको विवरण माग गरी गर्न लगाइ अभिलेख राख्न लगाउने।
हुलाक वस्तु ढुवानीको लागि जिल्ला मातहत रहेका हुलाक कार्यालयसम्म डाँक परिवहन व्यवस्था मिलाउने ।
सर्टिङ्ग सूची राम्रोसंग कार्यान्वयन गर्ने, डाँक परिवहन ठिक समयमा भएको छ छैन हुलाक वस्तुको ठिक समयमा संकलन भएको छ छैन आदि कुराहरुको सम्बन्धित कर्मचारीलाई जिम्मेवार वनाउने ।
हुलाक वस्तुको संकलन, ढुवानी, दर्ता, वितरण, आयात र निर्यात गर्ने कार्यलाई छिटो छरितो र प्रभावकारी रुपमा गर्न लगाई नियमानुसार तोकिएको समय भित्र कार्य सम्पन्न गर्न लगाउने ।
आन्तरिक इ.एम.एस सेवालाई प्रभावकारी रुपमा सन्चालन गर्ने ।
PITS को नियमित अनुगमन/सुपरिवेक्षण गरी प्रभावकारी रुपमा सन्चालनमा ल्याउने ।
हुलाक टिकट विक्रि व्यवस्था मिलाउने र विक्रि पश्चातको राजश्व दाखिला गर्न लगाउने ।
वैदेशिक हुलाक वस्तु (इ.एम.एस./पार्सल) मा लागेको भन्सार महसुल, मुल्य अभिवृद्धी कर, अन्तशुल्क,लगायतका करहरु संकलन गरी राजश्व खातामा दाखिला गर्ने ।
कर्मचारीको हाजिरी, विदा, पदपूर्ति तथा रिक्त पदहरुको विवरण अद्यावधिक गर्ने, रा.प.अनं पदहरुको पदपूर्तिको लागि लोकसेवा आयोगमा लेखि पठाउने।
नीतिगत, सैद्दान्तिक एवं असुरउपर गर्ने वेरुजुहरु छलफल गरी फरफारक गर्ने गराउने ।
लेखाको तोकिएको ढाँचामा समयसिमा भित्र वित्तिय विवरणहरु तयार गर्ने गराउने ।
पत्रपत्रिका हुलाक दर्ताका लागि आए दर्ता एवं निवकरण गर्ने, लोककल्याणकारी विज्ञापन प्राप्त गर्ने एफ.एम.रेडियो, टेलिभिजन र वर्गिकरणमा परेका पत्रिकाको विवरण संकलन अनुगमन र नियमानुसार भुक्तानीको लागि प्राप्त रकम वितरण गर्ने ।
पोष्टवक्स वितरण, नविकरण एवं सञ्चालन गर्ने ।
हुलाक ऐन२०१९, हुलाक नियमावली २०२० मा भएको दण्ड सजायँ सम्बन्धी व्यवस्था अनुसार जरिवाना गर्ने, सचेत गराउनेसम्मका सजायँ गर्ने ।
प्रशासन तथा जिन्सी शाखा
टिकट प्राप्ती र भण्डारण गर्ने
डाँक सञ्चालन गर्ने तथा कर्मचारीहरुलाई आलोपालोको व्यवस्था मिलाई जुनसुकै समयमा समेत डाँक बुझने/बुझाउने व्यवस्था गर्ने
पालिका हुलाक कार्यालयहरुसँग समन्वय र अनुगमन गर्ने
जिल्ला तथा मातहतका कार्यालयहरुको प्रशासनिक काम गर्ने
समयानुकुल डाँक रेखा निर्माण तथा अद्यावधिक गर्ने
अन्तरजिल्ला डाँक सञ्चालन सम्बन्धि समन्वय र प्रबन्ध गर्ने
हुलाक सेवा विभागमा नियमित प्रतिवेदन गर्ने
विभागबाट सहमती लिई कर्मचारी व्यवस्थापन गर्ने
पालिका हुलाक कार्यालयहरु व्यवस्थापन गर्ने
समय समयमा हुलाक सेवा विभागले लगाएको विभिन्न कार्य गर्ने
हुलाक सेवा सञ्चालन सम्बन्धमा विभागमा सुझाव पेश गर्ने
महानगर र उपमहानगर पालिका क्षेत्रमा कामको आवश्यकता अनुसार हुलाक वस्तु दर्ता काउन्टर विभागको सहमती लिई सञ्चालन गर्न सकिने।
हुलाकबाट प्रदान गरिएका सेवाहरुको प्रचार प्रसार तथा प्रवर्धन गर्ने।
हुलाकीहरुलाई काममा खटाउने खटाइएको ठाउँमा तोकिए वमोजिम कार्य भए नभएको अनुगमन गर्ने
हल्काराहरुलाई समयमा हुलाक वस्तु वुझी वितरण गर्न लगाउने ।
समयमा कार्य सम्पन्न गरे नगरेको अनुगमन निरिक्षण गरी तोकिएको समय भित्र कार्य सम्पन्न भएको नदेखिएमा कार्वाही प्रक्रिया अगाडी वढाउने
कार्यालयमा आएका उजुरी गुनासा माथि अनुसन्धान गर्ने फछर्यौट गर्ने र निर्णय प्रक्रियामा जानु पर्ने अवस्थामा निर्देशक समक्ष पेश गर्ने ।
कुल खर्चको ३ प्रतिसत भन्दा वढी वेरुजु हुन नदिने र भएको वेरुजु ८० प्रतिशत फछर्यौट गराउने।
पदिय दायित्व अनुसारका कर्मचारीहरुको हाजिरी विदाको अभिलेख राख्ने ।
कार्यालय परिसर सरसफाई गर्न लगाउने
दर्ता चलानी फाइलिङ्गलाई चुस्त दुरुस्त वनाउने ।
सरुवा वढुवा नियुक्तिका टिप्पणीउठाउने सदर गराउने ।
मासिक, त्रैमासिक, वार्षिक विवरण तयार गरी सम्बन्धित निकायमा पठाउने ।
नियमानुसार रोयल्टी र नविकरण दस्तुर लिने ।
कार्यालयको लागि आवश्यक पर्ने जिन्सी सामानहरुको विवरण तयार गरी पेश गर्ने।
स्वीकृत बजेटको परिधिभित्र रही कार्यालयहरु संचालन गर्न आवश्यक पर्ने सामाग्रीहरु समयमानै खरिदको लागि पेश गर्ने।
खरिद भएका सामानहरु स्वीकृत गुणस्तर बमोजिम प्राप्त भए नभएको जाँच पश्चात आम्दानी बाँध्ने र भुक्तानिको लागि कागजात तयार गर्ने।
कार्यालयमा प्रयोग हुने खर्च नहुने जिन्सी सामाग्रीको जिन्सी विवरण अद्यावधिक रुपमा राख्ने।
भौतिक साधनहरुको स्याहार, सम्भार, मर्मत र संरक्षण गर्ने । कुनै जिन्सी सामानहरु टुटफुट भै मर्मत हुन नसक्ने सामानहरुको आ.प्र. सम्वन्धी ऐन, नियमको प्रक्रिया पुर्याई लिलाम गर्ने, मिन्हा गर्ने धुलाउने आदि कार्यमा सहयोग गर्ने।
तोकिएबमोजिम अन्य कार्यहरु गर्ने।
डाँक तथा टिकट शाखा
हुलाक वस्तु दर्ता गर्ने।
हुलाक वस्तु वितरण गर्ने।
टिकट बिक्री गर्ने।
शाखासँग सम्बन्धित कार्यको नियमित प्रतिवेदन गर्ने।
हुलाकबाट प्रदान गरिएका सेवाहरुको प्रचार प्रसार तथा प्रवर्द्धन गर्ने।
हुलाक वस्तुको संकलन, ढुवानी र वितरण कार्यलाई प्रभावकारी बनाउने र टिकट विक्रि कार्यलाई सेवाग्राही मैत्री बनाउने ।
आन्तिरक तथा वैदेशिक द्रुत डाँक सेवा सम्बन्धी काम गर्ने ।
हुलाक वस्तुको संकलन तथा वितरणको कार्य अनिवार्य रुपमा PITS प्रविष्ट गराई सेवा प्रवाह गर्ने गराउने यसको लागि नियमित रुपमा अनुगमन/सुपरिवेक्षण गरी प्रभावकारी रुपमा सन्चालनमा ल्याउने ।
आन्तरिक तथा वैदेशिक डाँकहरुको अभिलेख तौल आइटम छुट्टिने गरी राख्ने ।
तोकिएबमोजिम अन्य कार्यहरु गर्ने।
लेखा शाखा
चालु तथा पुँजीगत बजेट निकासा लिने,
निकाशा खर्चको श्रेस्ता अद्यावधिक राख्ने
कार्यालयको आर्थिक विवरण तयार गरी पेश गर्ने,
थप रकमको आवश्यक परेमा समयभित्रै निकाशा लिने व्यवस्था मिलाउने,
कार्यालयलाई आवश्यकता अनुसार आर्थिक प्रशासनसम्बन्धी राय सल्लाह दिने।
प्रचलित कानून अनुसार विनियोजन,धरौटी, राजश्व आदिको श्रेस्ता राख्ने,राख्न लगाउने र सोको प्रतिवेदन तयार गरी गराई सम्बन्धित निकायमा पठाउने।
कर्मचारी सञ्चयकोष,नागरिक लगानी कोष, बिमा,सापटी, कर कट्टी र अन्य रकमहरु सम्बन्धित निकायमा दाखिला गर्ने।
कार्यालयको मासिक आम्दानी खर्चको विवरण तयार गरी सार्वजनिक गर्ने।
आर्थिक कारोवारहरुको आन्तरिक तथा अन्तीम लेखा परीक्षण गराउने।
आन्तरिक लेखा परीक्षण तथा अन्तीम लेखापरीक्षणवाट औल्याइएका बेरुजुको लगत खडा/अद्यावधिक गर्ने र फछ्यौटको लागि लेखि पठाउने।
कर्मचारीहरुको तलवी प्रतिवेदन पास गराउने।
आर्थिक प्रशासन सम्बन्धी तोकिदिएका अन्य कार्य गर्ने।